आफ्नो वडाको मतदाता नामावली विश्लेषण-स्थानीय तह निर्वाचन २०७८
- ss bo
- Apr 14, 2022
- 1 min read
शिर्षकः
वडामा कुन जातिको मतदाता कति छ ?
कुन उमेर समुहको मतदाता कति छ ?
जात, थर अनुसार मतदाता कसरी वर्गिकरण/छुट्याउने ? आदी
निर्वाचन आयोग वा प्रदेश/निर्वाचन कार्यालयबाट प्राप्त अन्तिम मतदाता नामावली लाई विश्लेषण कसरी गर्ने भन्ने हामिले धेरै अध्ययन पछि यो लेख लेखेका हौँ । यदि तपाई चुनावमा उम्मेदवारी दिंदै हुनुहुन्छ भने पक्कै पनि यस लेख ले धेरै नै सहयोग गर्नेछ ।
Steps:
निर्वाचन कार्यालयबाट अन्तिम मतदाता नामावली प्राप्त गर्ने । (नामावली pdf format मा हुन्छ। pen drive मा लिन सक्नुहुनेछ )
प्राप्त मतदाता नामावलीको pdf file लाई excel file मा convert गर्ने (Type गरेर वा online वा हामीलाई email मा पठाएर)
उक्त excel file मा मतदाताको नाम थर लाई बेग्ला बेग्लै column मा छुट्याउने ।
Heading Row मा Filter लगाउने ।
Heading मा भएको प्रत्येक column मा filter box देखिनेछ ।
उमेर अनुसार वर्गिकरण गर्नुपर्ने हो भने उमेर column को filter box मा click गरी ascending/descending मा click गर्ने ।
नाम, बिचको नाम, थर, सहायक थर आदी अनुसार वर्गिकरण गर्नुपर्ने हो भने पहिला नाम लाई ascending गर्ने त्यसपछि बिचको नाम लाई, त्यसपछि थर र सहायक थर आदीलाई ascending order मा मिलाउने ।
मिलाई सकेपछि थर अनुसार वा उमेर अनुसार कति मतदाता छ भनेर हेर्ने सकिनेछ ।
माथिको steps हरु गर्दै जाँदा कतिपयलाई सबै step गर्न आउँदैन भने हामी छौँ ।
हामिलाई सम्पर्क गर्नुहोला
तलको दायाँ कुनामा देखिने blue color को "Let's Chat" हामीलाई तपाईको समस्या लेख्न सक्नुहुनेछ । जसमा तपाईको प्रदेश, जिल्ला, पालिका, वडा नं. तपाईको नाम, मोबाइल नं., email id लेख्नुहोला । हामी सम्पर्क गर्ने छौँ ।
Comments